काँग्रेस रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्वाचित

खबरपथ संवाददाता
११ मंसिर २०७८, शनिबार १८:३०

बुटवल । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको अधिवेशनबाट सभापति पदमा बर्तमान जिल्ला सचिव रामकृष्ण खाँणको मात्रै उम्मेद्वारी परे पछि उहाँ सर्वसम्मत निर्वाचित हुनु भएको हो । अधिवेशनबाट दुई उपसभापति पदमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे निर्वाचित हुनु भएको छ । उपसभापति पदमा दीर्घराज काफ्लेले उम्मदवारी फिर्ता लिए पछि शाह र घिमिरे निर्बिरोध हुनु भएको हो ।

त्यस्तै दुई सचिव पदमा हरि प्रसाद काफ्ले र परमानन्द भट्टराई तथा दुई सहसचिव पदमा वालकृष्ण बासुदेव रिमाल र विष्णु थापा निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले बताउनु भयो ।
सचिव पदमा उम्मेदवारी दिनु भएका हरि प्रसाद न्यौपाने र सहसचिवमा उम्मेदवारी दिनु भएका वालकृष्ण पौडेलले उम्मेदवारी फर्ता लिए पछि सचिव र सहसचिव पदमा पनि निर्बिरोध भएको हो ।

त्यस्तै जिल्ला सदस्य पदमा भने देवदहको एउटा सदस्य पदमा बाहेक बाँकी सबैमा निर्बिरोध भएको छ । उक्त पदमा पनि मिलाउने प्रयास भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*