प्याब्सन सिद्धार्थनगरमा हस्तलेखन प्रतियोगिता सम्पन्न
भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सन सिद्धार्थनगरको आयोजनामा हस्तलेखन (Handwriting) प्रतियोगिता सम्पन्न भएको छ । कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरु सम्मिलित प्रतियोगितामा सिद्धार्थनगरमा सञ्चालित निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नेपाल नालन्दा मा.वि को प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगीतामा सन शाइनमा विकी छात्रा जेनिफर गर्ग आचार्य प्रथम, जेसिज हाई स्कुलका छात्र सोहन पछाइ द्वितीय , बृहस्पति हाई स्कुलकी छात्रा एनिशा थापा तृतीय र युनिभर्सल पब्लिक हाई स्कुलकी छात्रा ममता साहनी सान्त्वना भएको कार्यक्रम संयोजक युवराज पोख्रेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेश सदस्य महेश भुर्तेलले प्रमुख अतिथिको मन्तव्य राख्दै ,“ प्याव्सन सिद्धार्थनगरले विद्यार्थीहरुको हस्तलेखन कला राम्रो बनाउन प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय रहेको बताए ।” प्रमुख अतिथि भुर्तेलले विजयी विद्यार्थीहरुलाई पुरस्कार एवम् बधाई दिँदै विद्यार्थीहरुले हरेक क्रियाकलापमा सक्रीय सहभागिता जनाउनुपर्नेमा जोड दिए । प्रतियोगितामा निर्णायकको भूमिका भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक कौशल राज गौतमले निभाएका थिए ।
कार्यक्रम प्याव्सन सिद्धार्थनगर अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता , प्याब्सन लुम्बिनी प्रदेश सदस्य महेश भुर्तेलको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक युवराज पोखे्रलको स्वागत मन्तव्य तथा सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन सिद्धार्थनगरमा आवद्ध प्रिन्सिपल एवम् विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।





















