अन्डर १४ व्याडमिन्टन प्रतियोगिता हुने

खबरपथ संवाददाता
१३ मंसिर २०७८, सोमबार १९:४७

कोटिहवा। नोबल बाल समुहले खुल्ला अन्डर १४, युगल र एकल पुरुष व्याडमिन्टन प्रतियोगिता मंसिर २५ आयोजना गर्ने भएको छ । तिलोत्तमा १५, स्थित नोबल इन्भायरोमेन्ट एकेडेमी भित्र रहेको नोबल बाल समुहले विद्यालय स्तरमा व्याडमिन्टन खेलको प्रतियोगिता विरलै हुने भएकाले यस खेलमा विद्यालय स्तरमा व्यवसायीक रुपमा प्रबेश गराउनको लागी प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक लेलिन रानाले बताए ।

नोबल सटल इस्म्यास व्याडमिन्टन प्रतियोगितामा निर्णायकको भुमिकामा जिवन थापा रहनु हुनेछ । युगल छात्र तर्फ प्रथम पुरस्कार आठ हजार दोस्रो पुरस्कार पाँच हजार, तेस्रो पुरस्कार दुई हजार राखिएको छ भने एकल तर्फ प्रथम पाँच हजार, दोस्रो तीन हजार र तेस्रो एक हजार राखिएको आयोजक समितिले बताएको छ ।

प्रतियोगिता मंसिर २५ गते तिलोत्तमा १६ स्थित मधवलिया व्याडमिन्टन कर्वड हलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*