उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार दामोदर खनाललाई प्रदान

खबरपथ संवाददाता
१६ मंसिर २०७८, बिहीबार १५:२३

बुटवल । रुपन्देही रुपन्देही उद्योग संघले स्थापना गरेको यो वर्षको उत्कृष्ट औद्योगिक पुरस्कार बुटवलका पत्रकार दामोदर खनाललाई प्रदान गरिएको छ ।
रुपन्देही उद्योग संघले स्थापना गरेको उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीको व्यबस्थापनमा वितरण गर्ने गरिन्छ । महासंघले उत्कृष्ट औद्यागिक पत्रकारिता पुरस्कार–२०७७ एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार खनाललाई प्रदान गर्ने निर्णय गरेको थियो ।

रुपन्देही उद्योग संघको स्थापना दिवसमा आयोजित समारोहमा बुधबार उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कदर पत्र सहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गर्नु भएको हो । पुरस्कारको राशी ४४ हजार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*