लुम्बिनी वाणिज्य क्याम्पसमा उधमशिलता विकास कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१६ मंसिर २०७८, बिहीबार २१:०३

बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उधमशिलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
नवउधममशालाका लागि प्रोत्शाहन गर्ने र उधमशिल मानसिकता तयार पार्ने उद्देश्यले दुई दिनसम्म आयोजना गरिएको उक्त कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा अध्यययनरत ७०० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पूर्वाञ्चल ल्युव आयल प्रा.लि. का प्रबन्ध निर्देशक उद्यमी एवं सामाजिक व्यक्तित्व भोलेश्वर दुलालको सहजिकरण रहेको कार्यक्रममा दुलालले आफ्ना जीवनको संघर्षपूर्ण जीवन र रहरलाग्दो सफलताहरुलाई विद्यार्थीहरुमाझ पस्कनु भएको थियो । उद्यम सुरु गर्न पुजी भन्दा पनि आट महत्वपूर्ण कसी रहेको बताउदै धैर्यता र लगाबविना सफल उद्यमी बन्न पनि नसकिने बताउनु भएको थियो । कार्यक्रममा दुलालले उद्यमशिल बन्नका लागि विद्यार्थीहरुले नयाँ नयाँ योजना ल्याएमा सहयोगका लागि आफु हरदम तयार रहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले यस प्रकारको छलफल तथा अनुभव आदान प्रदान कार्यक्रमले विद्यार्थीहरुमा उद्यमी बन्ने उर्जा पैदा गर्न सहयोग पु¥याउने बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शिवराज संजेल, महासचिव मुक्ति पाण्डे, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका केन्दीय अध्यक्ष गोपाल प्रसाद पाण्डे, सहायक क्याम्पस प्रमुख विष्णु जोशी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*