राष्ट्रपतिद्धारा कपिलवस्तु्को कैलाश धाममा पुजापाठ
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका– २ स्थित कैलाश आश्रम धाम धनधान्याचल कल्याण महायज्ञ २७ औ ज्ञान महायज्ञमा पुजापाठ गरेकी छिन । गत मंसिर १४ गते देखि जारी रहेको महायज्ञमा बिहिवार सरिक हुदै उनले कैलाश धाम एबं अष्टचिरञ्जिीवी महाकुन्डको अनावरण समेत गरेकी थिईन । यस्तै उनले सन्त प्रतिस्ठान, बिश्रामालय, हरिद्धारमा पुगेर पुजा आजा गरेकी थिईन । सो अवसरमा उनले संस्कृति र प्रकतिको संरक्षणका लागि स्थापना गरिएको गुरुकुल शिक्षा र ज्ञान महायज्ञ आफैमा प्रशंनीय कार्य रहेको बताईन । उनले गुरुकुल शिक्षालाई ठुलो शैक्षिक संस्थासंग जोडेर युग अनुसार परिस्किृत गर्दै लानुपर्ने बताईन । उनले प्राचिन ईतिहास, सास्कृतिक रुपमा धनी रहेको देशमा राज्य पनि प्रकृति र सस्कृतिको विकासका लागि अघि बढीरहेको बताईन ।
नेपाललाइृ संबृद्ध बनाउन सिमत श्रोत र साधनको उपयोग गरी नागरिकहरु समेत स्वस्थ्य रहुनु पर्ने बताईन । ‘ राज्यको पहिलो धर्म नै स्वास्थ जीवनलाइृ प्रयास गर्नु हो ’ उनले भनिन । उनले अहिले नेपाल सहीत बिश्व नै अप्ठेरोमा रहेको भन्दै कोरोना भाईरसबाट आक्रान्त भएको बेला नागरिकहरुले समते संयमता अपनाउनु पर्ने बताईन । उनले कोरोको ओमिक्रोन जस्ता नया नया भरिएन्ट फैलिरहेकेोले सरकारले जारी गरको स्वस्थ मापदन्डलाई काडईकासाथ पालना गर्न अपील गरिन ।
उनले चुरे क्षेत्रको किनारमा कार्यक्रम गरिएकोमा आफु हर्षित भएको भन्दै चुरे क्षेत्र नेपालीको जीवन रेखा भएकोले यसको संरक्षण गर्नुपर्ने बताईन । उनले विकासको गतिलाई रोक्न नहुने भन्दै प्रकृतिलाई बिगारेर नभै सिंगारेर गर्नपर्ने बताईन । सो अवसरमा पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले कैशाल आश्रमको विकासका लागि आफुले सक्दो पहल गर्ने बताए । लुम्बिनी प्रदेश सदस्य बिष्णु पन्थीले नेपाल मै गरिएको यो नमुना कार्यको अभियानलाई सफल बनाउन अपिल गरे ।
सो अवसरमा राष्ट्रपतिलाई आयोजकको तर्फाबाट मायाको चिनो र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । आश्रम क्षेत्रमा १ सय २७ फिट अग्लो कैलाश पर्व सहीत बिश्वनाथ ज्योतिरलिङग बनाउने गरी काम अघि बढाइएको आश्रका सचिव अमित पौडेलल बताए । १० करोडको लगानीको आश्रममा निर्माण काम अघि बढाइएको उनले बताए । मंसिर २२ सम्म चल्ने महायज्ञमा शिरोमणी लोकानन्द र आचार्य सत्यराज अवस्थीले कथा बाचन र पुजापाठ गरेका छन । कार्यक्रमा गुुरुकुलमा अध्ययनरत २७ जना बटुकहरुले स्वस्तिबाचन समेत गरेका थिए ।





















