कक्षा १२ को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

खबरपथ संवाददाता
१७ मंसिर २०७८, शुक्रबार ०८:३१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागी अहिले बिहान राष्ट्रिय परिक्षा बोर्डको बैठक बस्दैछ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शमाका अनुसार अहिले बिहान ९ बजे बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक शर्माले नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भएको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*