नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि
काठमाण्डौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिनुभएको हो ।
प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले उक्त व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको जनाउनुभयो ।
योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।





















