बुटवलका विद्यालयमा पुस १५ र १६ गते बिदा दिने बुटवल उपमहानगरको निर्णय
खबरपथ संवाददाता
१४ पुष २०७८, बुधबार १५:४८
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलका सबै विधालयमा पुस १५ र १६ गते जाडो बिदा दिने निर्णय गरेको छ । अत्याधिक चिसोका कारण बुटवलका विद्यालयहरुमा २ दिन बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
यो बिदालाइ बर्षे वा हिउंदे बिदाबाट मिलान गर्ने गरि बिदा दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
रूपन्देही क्षेत्रमा न्युनतम तापक्रम १५ डिग्री सेल्सियसमा झरेको छ ।























