तमु ल्होसारमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

खबरपथ संवाददाता
१४ पुष २०७८, बुधबार १८:४१

बुटवल । सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । भर्खरै बसेको मन्त्रि परिषद बैठकले विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले ‘भर्खरैको मन्त्रिपरिषद बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*