प्रतिनिधिसभाको बैठक स्थगित
खबरपथ संवाददाता
१८ पुष २०७८, आईतवार ११:१८
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।
संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिए अनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।





















