बुटवलबाट शव लिएर रिडी जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

खबरपथ संवाददाता
१८ पुष २०७८, आईतवार १२:०९

बुटवल । बुटवलबाट गुल्मीस्थित रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५०मिटर तल झरेको प्रहरीले जनाएको छ । मृतकको सनाखत र बिस्तृत बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*