उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार आर.पी आचार्यलाई
बुटवल । रूपन्देही व्यापार संघले उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ पत्रकार रामप्रसाद आचार्य (आरपी) लाइ प्रदान गरेको छ । व्यापार संघको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनका अवसरमा आर्थिक तथा व्यवसायिक क्षेत्रमा कलम चलाएकोमा सम्मान गर्दे आचार्यलाई २५ हजार नगद राशी सहित दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका हो ।
पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा आचार्यलाई सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
पुरस्कृत आचार्य पत्रकार महासंघ रुपन्देहीका निर्वतमान सचिव हुन् । उनी दैनिक पत्र, लुम्बिनी टेलिभिजन र नेपाल प्रेसमा आवद्ध छन् ।





















