सहकारीमा सबैसदस्यहरुको चासो हुन आवश्यक – कार्यकारी अधिकृत गुरागाई

खबरपथ संवाददाता
१९ पुष २०७८, सोमबार २२:३१

बुटवल । सहकारीका बारेमा आवश्यक ज्ञान नहुँदा सदस्यहरु नै मारमा पर्न सक्ने भएकाले सबैको चासो हुन आवश्यक रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडका कार्यकारी अधिकृत बद्री गुरागाईले बताएका छन् ।  सहकारीहरुले कानून विपरित गएर चर्को ब्याजदर कायम गर्ने तथा विभिन्न शुल्क तथा कारबाहीको बहानामा सदस्यहरुलाई नै ठग्ने प्रवृत्तिको अन्त्य गर्नका लागि स्वयम् सहकारी सदस्यहरु नै सचेत हुनु पर्ने उल्लेख गरे ।

सहकारी संस्थाहरुलाई नियमन गर्ने निकायहरु कमजोर भएका कारण पनि थप समस्याहरु हुने गरेको उनले बताए । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटाले केही सहकारीहरुले गर्ने लगत कामका कारण समग्र सहकारी क्षेत्रले आलोचना खेप्नु परेको गुनासो गरे । बैंकको ईकाईगत रुपमा साधारणसभा गर्ने नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार बुटवलमा हुँदै छ ।

मुलुकभरका १४ हजार ५ सय बढी सहकारी संस्थाहरु आवद्ध रहेको बैंकमा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरुबाट १ हजार ६ सय १२ वटा सहकारी संघ–संस्थाका प्रतिनिधिहरुका सहभागीमा साधारणसभा हुने भएको हो । लुम्बिनीबाट छनोट भएका ५ प्रतिनिधि मात्र केन्द्रिय साधारणसभामा सहभागि हुन पाउने छन् । लुम्बिनीसँगै बाँकी एकाईहरुमा क्रमशः पौष २५ गतेसम्म साधारणसभा सम्पन्न गरी छनोट भएका एकाई प्रतिनिधिहरुको सहभातिामा पौष ३० गते काठमाण्डौंमा केन्द्रिय साधारणसभा सम्पन्न हुने बैंकले जनाएको छ ।

बैंकले ६८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा पुर्याउँदै आएको छ । बैंकमा आबद्ध सहकारीहरु मार्फत ४० लाख बढी जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा प्रदान हुँदै आएको छ । बिभागीय प्रमुझ नवीन कुमार कार्कीका अनुसार १८ वर्षको अवधिमा बैंकको सेयर पूँजि २ अरोड, निक्षेप ६६ अर्ब ३४ करोड संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६५ करोड कारोबार गर्न सफल रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*