सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छ – मुख्यमन्त्री केसी

खबरपथ संवाददाता
२४ पुष २०७८, शनिबार २०:०२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्नु पर्ने बताउनु भएको छ । सहकारीले शेयर सदस्यको भावनात्मक सम्बन्ध जोड्दै सामाजिक अभिभावकको भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको नतिजा दिन चाहेको बताउनुभयो । यो लक्ष्य हासिल गर्नको लागि सहकारीको साथको आवश्यकता रहेकोमा जोड दिनुभयो । सहकारी सम्बन्धि केही ऐनहरु बनाईए पनि ब्यवहारिक भएकी भएनन भन्ने कुरालाई ख्याल गर्दै गठबन्धनको सरकार बने पछि सहकारी मन्त्रालयको रुपबाट व्राण्ड बनाउन कोसिस गरेको बताउनु भयो । आम जनतालाई सहकारीकरण गर्दै वित्त ब्यवस्थापनलाई ठिक गर्दै उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री केसीको भनाई छ । यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभा पति रामकृष्ण खाँणले सहकारी अभियानबाट आर्थिक परिवर्तनसँगै महिलाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको दाबी गर्नुभयो । सहकारीलाई उत्पादनसँग जोड्न आवश्यकता रहेको उँहाले बताउँदै सहकारीले आर्थिक क्रियाकलापसँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*