माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाण्डौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
आज बसेको सीसीएमसीको बैठकले कोभिड–१९ संक्रमण नियन्त्रणको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
त्यसैगरी आगामी माघ ३ गतेबाट होटल रेष्टुरेन्ट र सरकारी कार्यालयमा जाँदा खोप कार्ड अनिवार्य चाहिने व्यवस्था गर्ने निर्णय भएको नेपालले जानकारी दिनुभयो ।
त्यसैगरी, स्मार्ट लकडाउनको कार्यविधि गृहमन्त्रालय मार्फत कडाइका साथ पालना गराउन निर्देशन दिने निर्णय भएको नेपालले जानकारी दिनुभयो ।





















