एमाले रुपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित

खबरपथ संवाददाता
२५ पुष २०७८, आईतवार २०:३३

बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्षमा उम्मेदवारी दिनु भएका हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले मतदानका लागि निर्धारित समयमा उम्मेदवारी फिर्ता लिए पछि केसी निर्विरोध अध्यक्ष बन्नु भएको हो ।

यस्तै, उपाध्यक्षमा तिलोत्तमा नगरपालिकाको उपप्रमुख रहेकी जागेश्वरदेवी चौधरी निर्वाचित हुनुभएको छ । अध्यक्ष र सचिव बाहेकका पदमा एकल उम्मेदवारी परेको थियो ।

सचिवमा खेमप्रसाद लुइँटेलले दिएको उम्मेदवारी फिर्ता लिएपछि यज्ञ गैरे चयन हुनुभएको छ । उपसचिवद्धयमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र हितराज पन्थी चयन हुनुभएको छ । अधिवेशनले १५१ सदस्यीय रुपन्देही जिल्ला कमिटी बनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*