आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
खबरपथ संवाददाता
२ माघ २०७८, आईतवार १३:४९

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज (आइतबार) सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।