पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
९ माघ २०७८, आईतवार १७:४२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३०७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ भने ८ लाख २१ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*