प्युठानमा ४५ दिने नौमती बाजा बजाउने तालिम शुरु

खबरपथ संवाददाता
१० माघ २०७८, सोमबार १९:२४

प्युठान । गाउँमा डोको बोकेकै हौं, गाग्रीमा पानी पनि बोकेकै हौ, दाउरा घाँस बन मा गएर पनि बोकेकै हो अब दमाहा पनि मज्जैले बोकिन्छ । के फरक पर्छ र नौमती बाजा सिक्न आउनु भएकी सीता नेपाली को भनाइ हो यो । भगत सर्बजित सीप बिकाश प्रबर्द्धन कार्यक्रम अन्तर्गत प्युठान नगरपालिका वडा नं २ क्वाडी मा सोमबार ४५ दिने नौमती बाजा बजाउने तालिम उदघाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्युठानका अधिकृत खेम बहादुर थापाको अध्यक्षतामा तथा प्युठान नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुक्ति पोखरेलको प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले काम गरेर खान लजाउन नहुने बताउनु भएको छ । बिदेशमा गएर ज्याला मजदुरी गर्नु भन्दा आफ्नै देशमा आफ्नै संस्कृती ,आफनै कलालाई ब्यबसाय बनाएर जीवन जिउने माध्यम बनाउनु पर्ने भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक अनिल परियारले नेपालको राष्ट्रिय सम्पती नौमती बाजा जोगाउने दायित्व युवा वर्गमा आएको बताउनु भएको थियो । कार्यक्रममा साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था हरिखोला कि अध्यक्ष नारायणी पौडेल , मातृभुमी टोल बिकाश संस्था हरिखोलाका अध्यक्ष तारा बहादुर केसि ,किशोर बिष्ट ,टीका सुवेदी ,दिनेश रावत,चुडामणि सुवेदी ,अम्बिका पौडेल लगायतको उपस्थित रहेको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय प्युठानको ३ लाख ५० हजारको लागत सहयोग मा नौमती बाजा वाद्यबादन हस्तान्तरण सहित यो तालिमको आयोजना गरिएको हो । कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय प्युठान कि उद्यम बिकाश सहजकर्ता संगिता नेपाली ले गर्नु भएको थियो । तालिम मा ५ जना पुरुष र ८ जना महिला गरि १३ जना दलित समुदायका युवा युवती सहभागी हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*