लुम्बिनी प्रदेशमा १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धि

खबरपथ संवाददाता
१२ माघ २०७८, बुधबार १३:३९

काठमाण्डौं। केन्द्रीय तथ्याङ्क विभागका अनुसार पछिल्लो १० वर्षमा लुम्बिनी प्रदेशमा सबै भन्दा बढी जनसंख्या वृद्धि दर रहेको जनाएको छ । त्यसै गरी विभागका अनुसार सबै भन्दा कम गण्डकी प्रदेशमा वृद्धि दर रहेको देखिएको छ।

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ । १० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात १३.८९ प्रतिशत वृद्धिदर रहेको छ ।

त्यसै गरी सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ। यो हिसाबले हेर्दा १० वर्षमा गण्डकी प्रदेशमा ७ लाख ५९ हजार ८८ जना अर्थात ३.१६ प्रतिशतले वृद्धि भएको छ ।

त्यसै गरी दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ।

यो सँगै पछिल्लो १० वर्षमा मधेश प्रदेशमा ७ लाख लाख २२ हजार १ सय ४३ जना थपिएका छन् अर्थात १० वर्षमा १३.३६ प्रतिशत वृद्धि भएको छ।

अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*