शैक्षिक संस्था माघ मसान्तसम्म बन्द गर्न सिसिएमसीको सिफारिस

खबरपथ संवाददाता
१४ माघ २०७८, शुक्रबार २०:३४

काठमाण्डौं । शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा माघ मसान्तसम्म बन्द गर्न सिसिएमसीले सिफारिस गरेको छ ।  शुक्रबार बसेको सिसिएमसीको बैठकले अझै संक्रमण नियन्त्रणमा नआईसकेको हुँदा शिक्षण संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो।

नेपालका अनुसार शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्नेछन् । यस अघि कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि माघ १५ गतेसम्म हिउँद बिदाको रूपमा दिन भनेको थियो ।

त्यस्तै कोरोना फैलिएपछि विश्वविद्यालयले सञ्चालन गरेका परीक्षालाई पनि स्थगित गरेको थियो। त्यसलाई पनि स्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको नेपालले बताउनुभयो ।

त्यसैगरी सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस भएको छ । निजी सवारी साधन र ट्याक्सीको हकमा भने जोर-बिजोर प्रणाली लागु नै गर्न सिफारिस भएको नेपालले बताउनुभयो ।

त्यस्तै बैठकले डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ १५ गते गतेसम्म बन्द गरिएकोमा माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*