दाङमा माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न रोक
दाङ। दाङमा माघ मसान्तसम्म विद्यालयहरु सञ्चालन नहुने भएका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक पठनपाठन गर्न रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गर्दै विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालीम जस्ता कुनै पनि शैक्षिक संस्था सञ्चालन गर्न नपाइने जनाएको छ ।
अर्को सूचना जारी नभएसम्म भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।
त्यस्तै सिनेमा घर, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्य नगर्न भनिएको छ ।






















