बुटवलका विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

खबरपथ संवाददाता
१७ माघ २०७८, सोमबार २१:१२

बुटवल । बुटवल उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि तथा कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ । बुटवल मावि र उजीरसिंह माविमा स्थापना गरिएका प्रयोगशालाको आज संक्षिप्त समारोहबीच उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यले शुभारम्भ गर्नुभएको छ ।

शुभारम्भ समारोहमा वडाका अध्यक्षहरु महेन्द्र लिगल, रमेश नेपाल, शिक्षा शाखा प्रमुख टीकाराम पन्थी, जनप्रतिनिधिहरु, विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका अध्यक्ष र प्रतिनिधिको सहभागिता थियो । बुटवलको शैक्षिक गुणस्तर संघीय मूल्यांकनमा मुलुकमै प्रथम भएको छ ।

यहाँका सामुदायिक विद्यालयमा भवन निर्माण, स्तरोन्नति, विस्तार तथा बुक कर्नर, विज्ञान प्रयोगशाला, सूचना प्रविधि तथा आइसीटी ल्याब, व्यायामशाला निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*