विर वलभद्र कुंवरको २३३ औ जन्मजयन्ती मनाईयो
बुटवल । राष्ट्रिय विभुति विर वलभद्र कुंवरको २३३ औ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ ।
वि सं १८४५ माघ १७ गते काभ्रेपलानन्चोक पांचखालमा जन्मिएका कुंवर नालापानी किल्लामा कमाण्ड गरी अंग्रेजसंग लडेका थिए ।
अग्रेजहरुसंग नालापानी किल्लामा वहादुरीका साथ लडाई गरेका विर वलभद्र कुंवरलाई अंग्रेजहरुले शाहसी कप्तानको रुपमा स्वीकार गरी उनको स्मृतीमा स्तम्भ समेत गराएको थियो ।

कुंवर सेवा समाज रुपन्देहीले भैरहवा स्थित राष्ट्यि विभुति विर वलभद्र कुंवर प्रतिष्ठानको सभाहलमा सोमवार एक कार्यक्रम गरी विभुति कुंवरको जन्म जयन्ती मनाएको हो । समाजका जिल्ला अध्यक्ष दल कुमार कुंवरको अध्यक्षता वरिष्ठ उपाध्यक्ष लोक बहादुर कुंवरको स्वागत तथा सचिव हरि वहादुर कुंवरको संचालनमा भएको कार्यक्रममा पुर्व अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि प्रेम बहादुर कुंवर, केन्द्रिय सदस्य खगेन्द्र कुंवर, केन्द्रिय लेखा समिति सदस्य तथा जिल्ला सल्लाहकार बेग बहादुर कुंवर, पुर्व महासचिव राम बहादुर कुंवर, पुर्व सचिव राजेन्द्र कुंवर लगायतले मन्तव्य व्यक्त गदै विरताको इतिहास रच्ने कुंवर वन्धुहरु एकजुट हुन आवश्यक रहेकोमा जोड दिए । वक्ताहरुले कुंवर वंशहरुको एतिहासिक पृष्ठभुमिलाई ओझेलमा पार्ने खोजिएको भन्दै त्यसको विरुद्ध एकजुट हुने समेत धारणा राखेका थिए ।






















