सोनाम ल्होछारमा बुधबार (भोलि) सार्वजनिक विदा
खबरपथ संवाददाता
१८ माघ २०७८, मंगलवार २१:०१
काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।






















