टेलिफोन मार्फत जिल्लाका समस्या बुझ्दै गृहमन्त्री खाँण
काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले १४ जिल्लाका प्रजिअहरूसँग टेलिफोन मार्फत जिल्लाको अवस्थाबारे जानकारी लिनु भएको छ।
गृहमन्त्री खाणले बिहिबार प्रजिअहरूसँग टेलिफोनमा मार्फत जिल्लाको शान्ति सुरक्षा अवस्था लगायत विषयमा जानकारी लिनु भएको हो।
सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा, कञ्चनपुर र नवलपरासी पूर्वका प्रजिअसँग गृहमन्त्री खाणले जानकारी लिनु भएको उहाँको सचिवालयले जनाएको छ।
गृहमन्त्रीले प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, शान्ति सुरक्षा, जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुगर अपुग तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन जस्ता बारेमा जानकारी लिनुभएको हो ।





















