जिल्ला प्रशासन कार्यालय पाल्पाले आईतबार देखि नियमित सेवा दिने

खबरपथ संवाददाता
२२ माघ २०७८, शनिबार १२:५९

पाल्पा। जिल्ला प्रशासन कार्यालय पाल्पाले आईतबार देखि नियमित सेवा दिने भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमणका कारण बन्द रहेको जिल्ला प्रशासन कार्यालय , ईलाका प्रशासन कार्यालय रामपुर पाल्पाले आईतबार देखि नियमित सेवा दिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोपकार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*