आज बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदै

खबरपथ संवाददाता
२३ माघ २०७८, आईतवार १०:३७

बुटवल ।  आज बसन्त पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईदैछ।

सरस्वती पूजाको अवसरमा आइतबार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरी मनाईंदैछ ।

यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्र लगायत साधनको पूजा गरिनेछ ।

आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ।

यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता नछोई निलेमा विद्या र वुद्धि वृद्धि भई विद्यादेवीबाट चेतनाको ज्योति पाईन्छ भन्ने धार्मिक विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*