बुटवलको तामनगरमा कार दुर्घटनाहुँदा ३ जनाको मृत्यु, २ घाइते
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छ्न ।
सोमबार (आज) बिहान बुटवल १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी भएको दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–१३ का २८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेर कै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका भागिरथ चौधरी , बुटवल १२ का अनिश जिसि घाइते भएका छन् । घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको लु २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ ।
ट्रक चालक फरार रहेका छन् । घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















