पत्रकार महासंघ रुपन्देहीमा सल्लाहकार र पूर्वअध्यक्षहरुसंग छलफल

खबरपथ संवाददाता
२६ माघ २०७८, बुधबार १२:०६

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले संस्थागत विकासका सवालमा पूर्वअध्यक्ष एंव सल्लाहकारहरुसँग छलफल गरेको छ । महासंघको भवनको उपयोगिता, पत्रकारिता र पत्रकारको क्षेत्रमा गर्नुुपर्ने काम लगायतका बिषयमा पूर्वअध्यक्ष र सल्लाहकारहरुबाट सुुझाव लिने गरि मंगलबार छलफल गरिएको हो ।
छलफलमा पत्रकार महासंघका पूर्वअध्यक्ष र सल्लाहकारहरुले महासंघको भवनलाई उपयोग गर्नुुपर्ने, पत्रकारिता क्षेत्रका विकृतीका बारेमा महासंघले अभिभावकीय भूूमिका निर्वाह गर्नुुपर्ने, महासंघले बहुुउपयोगी भवन निर्माणका लागि योजना बनाउनुुपर्ने, पत्रकार हकहितका क्षेत्रमा रचनात्मक काम गर्नुुपर्ने लगायतका सुुझाव दिएका छन् ।
छलफलमा पत्रकार महासंघका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा। बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, पूर्वअध्यक्ष मोहन चापागाई, पूर्वअध्यक्ष एंव सल्लाहकार शेर बहादुर केसी, निवर्तमान अध्यक्ष एंव सल्लाहकार यानेन्द्र जिसि, सल्लाहकारहरु दिनेश पाण्डे, खिमानन्द भट्टराई, इन्दिरा अर्याल, माधव ढुुंगानाको उपस्थिती रहेको थियो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष विश्वास ढकालको स्वागत, अर्का उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन एंव सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*