तुलसीपुरको एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु

खबरपथ संवाददाता
२८ माघ २०७८, शुक्रबार ०८:४४

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाको एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेहरुमा चार जना पुरुष र एकजना बालिका रहेको प्रहरीले जनाएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

आगो कम भए पछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ ।

विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ । प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ । ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*