प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

खबरपथ संवाददाता
१ फाल्गुन २०७८, आईतवार १२:१७

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भए सँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परेका छन्।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरु गगन थापा, मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङ लगायतले आइतबार विहान ११ बजेर १० मिनेटमा महाअभियोग दर्ता गरेका हुन।

नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडू सहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश  राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।

नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*