बुटवलको ज्योतिनगरमा स्कुल बस दुर्घटना हुदाँ १० बिद्यार्थी घाइते
खबरपथ संवाददाता
१ फाल्गुन २०७८, आईतवार १३:०७
बुटवल । बुटवलको ज्योतिनगरमा स्कुल बस दुर्घटना हुदाँ १० जना बिद्यार्थी घाइते भएका छन् । बुटवल सुख्खानगर स्थित एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको हो ।
ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएकाले डाइभर कृष्ण पुनले बसलाइ रुखमा ठोक्काएर बिद्यार्थी बचाएको प्रतक्क्षदर्शीले बताएका छन् । घाइते सबैलाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
एक महिना बन्द रहेका बिद्यालयहरु आजै देखि भौतिक रुपमै संचालन आएका हुन ।






















