लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा चौथो स्थापना दिवस मनाउने
बुटवल । लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा चौथो प्रदेश स्थापना दिवस मनाउने भएको छ । प्रदेशले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी दाङको देउखुरीमा स्थापना दिवस मनाउने तयारी पुरा भएको बताएको छ।
पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्रि सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने मन्त्री शर्माले बताउनुभयो ।
मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुनु अश्वभाविक नभएको बताउनुभयो।





















