फरक क्षमता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

भोजराज भट्टराई
२ फाल्गुन २०७८, सोमबार २१:२४

बगनासकाली । फरक क्षमता भएका बगनासकाली वडा नं.१ का नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बगनासकाली गाउँपालिका वडास्तरीय अपाङ्ग पुनस्र्थापना समितिको आयोजना र वडा नं १ को सहयोगमा गाउँपालिकाको सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरी फरक क्षमता भएका नागरिकहरूलाई सम्मान तथा न्यानो कपडा वितरण गरिएको हो ।


बगनासकाली वडा नं. १ भित्र रहेका ७४ जना फरक क्षमता भएका व्यक्तिमध्ये वडाभित्र बसोबास गरेका रातो पहेँलो र सेतो कार्ड भएका ३३ जना फरक क्षमता भएका व्यक्तिलाई न्यानो कपडा उपलब्ध गराइएको थियो वडा सचिव विराट गैरेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले सुन्दर, शान्त र समृद्ध बगनासकालीको नारा सफल पार्न समाजमा फरक क्षमता भएका व्यक्तिहरूलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिको प्रतिभालाई समाजले प्रयोग गर्न सकेमा समृद्ध पालिकाको सपना साकार हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा वार्ड नं. १ का अध्यक्ष सोमबहादुर झेंडी, न्यायिक समिति सदस्य कुलप्रसाद ढुङ्गानाले वडाले विगतका वर्षदेखि नै लक्षित वर्गलाई बजेट विनियोजन गरी विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको बताउनुभयो । वडा नं. १ का अपाङ्ग पुर्नस्थापना समितिका चन्द्रविर थापाको अध्यक्षता, न्यायिक समिति सदस्य कुलप्रसाद ढुंगानाको स्वागत र वडा सचिव विराट गैरेको सञ्चालनमा कार्यक्रम भएको गाउँपालिकाका एम.आईंएस अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*