बुटवलको मिलन चोकमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, १ जना घाइते
बुटवल । बुटवलको मिलन चोकमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आज बिहान तिन जना सवार लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मोटरसाइकलमा पछाडि बसेका रुपन्देही गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही कै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।





















