दारी ग्याङको छैठौं वार्षिकोत्सव

भोजराज भट्टराई
७ फाल्गुन २०७८, शनिबार १०:०३

पाल्पा । सामाजिक सञ्जालमार्फत समाजमा योगदान दिदै आएको दारी ग्याङले विहिबार पाल्पा तानसेनमा छैठौं वार्षिकोत्सव मनाएको छ । ‘गालामा दारी काँधमा जिम्मेवारी’ भन्ने अभियानका साथ सामाजिक सेवामा सक्रिय युवा अभियानले तानसेनमा स्नेहमिलन सभा आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

सोही अवसरमा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले ‘गालामा दारी काँधमा जिम्मेवारी’ भन्ने अभियानका साथ सामाजिक सेवामा सक्रिय युवाहरूको अभियानले सामाजिक सञ्जाललाई सकारात्मक अभियानका रूपमा प्रयोग गर्न सकिने संकेत दिएको बताउनुभयो । दारी गहना र परिक्वताको संकेत भएको सन्देश गालामा दारी काँधमा जिम्मेवारी भन्ने नाराले प्रष्ट पारेको धारणा राख्नुभयो । उहाँले युवाहरूको निरन्तर अभियानबाटै परिवर्तन सम्भव भएकोले रचनात्मक कार्यक्रमका साथ गरिने युवा सक्रियताले समाजमा स्वावलम्बी र स्वाभिमानको सन्देश फैलाउने बताउनुभयो ।


कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रदिप गैरेले युवाहरूमा समानात्मकर भातृत्वको अभ्याससहित विशेषताको सम्मान गर्ने लक्ष्यले दारी ग्याङले सामाजिक क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले परिस्थिति अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदान, विपदमा सहयोग लगायतका कार्यक्रममा सक्रियता जनाएकोले दारी ग्याङ सकारात्मक सोचसहितका युवाहरूको अभियान भएको धारणा राख्नुभयो ।
कार्यक्रमकै अवसरमा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, दारी ग्याङ पाल्पा सल्लाहकार भगवान भण्डारी, पत्रकार गोम विक्रम क्षेत्रीले प्रतिष्ठित अभियानको रूपमा रहन सफल भएकोमा दारी ग्याङलाई बधाई सहित सामाजिक क्षेत्रमा थप रचनात्मक कार्यक्रम अगाडि ल्याउन शुभकामना दिनुभयो । कार्यक्रम दारी ग्याङका जिल्ला संयोजक जनक नेपालको अध्यक्षता, दारी ग्याङका सदस्य रमेश गैरेको स्वागत, विष्णु घिमिरको सञ्चालनमा भएको हो । वार्षिकोत्सवका अवसरमा दारी ग्याङका सल्लाहकार, सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*