पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि
खबरपथ संवाददाता
७ फाल्गुन २०७८, शनिबार २२:०८
बुटवल । पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको छ । नेपाल आयल निगमले फेरि पेट्रोल ,डिजेल र मट्टितेलको मूल्यमा ३ रुपैयाले बृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य १ सय ४५ कायम गरेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरेको छ । ग्यासमा भने मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।
निगमले मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ४० करोडबाट करिब रू. २५ करोडले घटी अझै करीब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने जनाएको छ ।






















