संसदमा टेबल भयो एमसीसी, अर्को बैठक १२ गते

खबरपथ संवाददाता
८ फाल्गुन २०७८, आईतवार १६:०१

काठमाण्डौं । संसदमा एमसीसी टेबल भएको छ । प्रतिपक्षी दल एमालेको नाराबाजीका बिच आईतबार अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन ।

प्रस्ताव बाचन गर्दे गर्दा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी ,राष्ट्रिय जनमोर्चा, नेमकिपाका पार्टीका उल्लेख्य सांसदहरुले विरोधमा नाराबाजी गरेका थिए ।

यसअघि आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो।

अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*