गैरगट्टी माध्यमीक बिद्यालयको भवन शिलान्याश

खबरपथ संवाददाता
१३ फाल्गुन २०७८, शुक्रबार १९:०७

भैरहवा । रुपन्देहीको मायादेवि गाउपालीका बडा नं ७ स्थित गैरगट्टी राम दुलारे मिश्रा माध्यमीक बिद्यालयको दुुईकोठे भवनको शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको २० लाख लागतमा निमार्ण हुन लागेको उक्त भवनको शुक्रबार नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले शिलान्यास गर्दै बिद्यालयको भौतीक र शैक्षीक सुधारकालागी पार्टीले बिगत देखीनै पहल गर्दै आएको र आगामी दिनमा समेत सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुुभयो । बिकासको पहीलो आधार शिक्षा भएको भन्दै शिक्षाको बिकासमा सवै एक भएर अगाडी बढ्नुु पर्ने बताउनुभयो । उँहाले उक्त माध्यमीक बिद्यालयलाई प्लस टुु सम्मको बिद्यालय बनाउनकोलागी समेत आफ्नो तर्फबाट पहल गर्ने बताउनुुभयो ।


उक्त बिद्यालयको भौतिक सुधारकालागी मायादेवि गाँउपालीकाले १० लाख र गाँउपालीकाको बडा नं ७ ले छुट्टै ८ लाख पचास हजार बजेट बिनियोजन गरेको मायादेवि गाँउपालीकाका अध्यक्ष धुु्रव नारायण चौधरीले जानकारी दिनुुभयो । उँहाले शिक्षाको बिकासकालागी गाँपालीका प्रतिबद्ध रहेको बताउदै बिनीयोजित बजेटको सही सदुपयोग गर्न आग्रह गर्नु भयो । बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष जोगेन्द्र यादवले बिद्यालयको ब्यबपाक भौतिक सुधार हुुन लागेको बताउनुुभयो । उँहाले बिद्यालयको स्तरबृद्धी सहीत क्याम्पस संचालनकालागी ७ करोडको डिपीआर बनेको जानकारी गाराउर्दै गृहमन्त्री बालकृष्ण खाँणको पहलमा तत्काललै ६० लाख बजेट सघिंय सरकारबाट बिनीयोजना हुन लागेको समेत जानकारी दिनुुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*