डिभिजन वन कार्यालय कपिलवस्तुद्धारा वातावरण मैत्री फाउन्टेन पार्क निर्माण
कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुले कार्यालयको हाता भित्र वातावरण मैत्री फाउन्टेन पार्क निर्माण गरेको छ । घासपातले फोहर बनेको वन कार्यालयको पश्चिम तर्फको करिब ६ कठ्ठा क्षेत्रमा नुमना पोखरी सहीतको पार्क निर्माण गरिएको हो ।
सिमसार ब्यवस्थापन तथा पुर्नस्थापना कार्यक्रम अन्र्गत नेपाल मै पहिलो पटक यस्तो फाउन्टेन पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख बिजयराज सुबदीले बताए । ५ लाखको लगानीमा वनका कर्मचारीहरुले श्रमदान गरी पार्क निर्माण गरिएको हो । पार्कमा २ कठ्ठाको नमुना पोखरी, गोलघर र अजिन्गर उद्धार सेन्टर बनाइएको छ ।
‘ घासपातले फोरह बनेको क्षेत्रमा पोखरी सहीतको पार्क निर्माण गरिएको छ, यसले पर्यावातावरणलाई समेत मद्दत गर्छ ’ प्रमुख सुेबेदीले भने । पार्कमा स्थानीय जातको घास रोपिएका छन । यस्तै जीर्ण बनेको करिब २ कठ्ठाको पोखरीलाई मर्मत गरी सुन्दरीकरण गरिएको छ । पोखरीमा ईटा सिमेन्ट र छडको प्रयोग नगरी पोखरीलाई सुन्दर बनाइएको छ ।
पोखरीको किनारका भागको ढुंगा छापिएको छ । पोखरीको वरिवरि डिलमा हिडने बाटो समेत निर्माण गरिएको छ । पोखरीमा फाउन्टने नोजल, बत्ती राखिएका छन । तैरिरहेको फाउन्टेनले फोहरा फाल्ने गर्दछ । पोखरीमा तैरिरहेको फल्टीङ नेपाल मै पहिलो पकट रहेको सहयाक वन अधिकृत मदन स्यान्डील्यले बताए ।
सामुदायिक वनहरुलाई देखाउनकालागि यस्तो नमुना पार्क बनाइएको उनले बताए । ‘ ठेक्कामा दिइएको भए २० लाख बढी खर्च हुन्थ्यो तर वन कर्मचारीहरुले श्रमदान र सिमेन्टट छड र ईटोको प्रयोग बिना ५ लाखको खर्चमा पार्क बन्यो ’ उनले भने । उनले सामुदायिक वनले समेत यस्ता पार्क निर्माण गनर्् पर्ने बताए ।
बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रैष्ठले पार्कको अनुमगन गर्नेक्रममा कम खर्चमा वन कार्यालयमा निर्माण गरिएको पार्क नमुना रहेको बताए । उनले यस किसिमको पार्क सामुदायिक वन र पालिकाहरुले समेत निर्माण गनर्् पर्ने बताए । ‘ कम खर्चमा पनि सुन्दर पार्क निर्माण गर्न सकिन्छ भन्ने कुरा यसले देखायो ’ उनले भने । वन तथा भुसंरक्षण बिभाग महानिर्देशक मन बहादुर खडकाले पार्कको उदघाटन गर्दैे सामुदायिक र साझेदारी वनले यस्तै खाले पार्क निर्माण गर्नु पर्ने बताए ।





















