आध्यात्मिक चिन्तनले नैतिक समाजको निर्माण हुन्छ : सभामुख घर्ती

खबरपथ संवाददाता
१४ फाल्गुन २०७८, शनिबार १९:४५

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण बहादुर घर्तीले आध्यात्मिक चिन्तनले निष्ठा र नैतिक समाज निर्माण गर्ने बताएका छन् । ८६ औँ परमात्मा अवतरण तथा महाशिवरात्री महोत्सवलाई शनिबार सम्बोधन गर्दै सभामुख घर्तीले योग र ध्यानले उच्च नैतिक समाज निर्माणमा टेवा दिने बताए ।

आध्यात्मिक चिन्तनले समाज मात्र होइन समाजमा हुने विकृति र विसंगतिलाई हटाउन पनि मुख्य भुमिका खेल्ने बताउँदै सभामुख घर्तीले योग र ध्यानलाई निरन्तरता दिनु पर्ने बताए । नेपाल लगायत बाहिरी देशमा हिंसात्मक गतिविधि अघि बढेको स्मरण गराउँदै सकारात्मक सोचको विकास गरी यी यस्ता क्रियाकलापमा कोही पनि सरिक नहुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा ब्रम्हाकुमारीज नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदीले समाजमा रहेको दुव्र्यसनी तथा भ्रष्टाचारलाई निरुत्साहित गर्दैै उच्च नैतिक समाज निर्माणका लागी झाँकी तथा रथयात्रा सहित शिवरात्री विशेष कार्यक्रम गरिएको बताइन् । उनले रुपन्देहीका मुर्गिया शाखा, फर्साटिकर तथा बुटवल भैरहवा लगायत विभिन्न शाखाहरुमा आध्यात्मिक सन्देश सहितका कार्यक्रम सञ्चालन भएको उल्लेख गरिन् ।

ब्रम्हाकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर ढवाह, बुटवलको आयोजनामा भएको कार्यक्रम ब्रम्हाकुमारीज नेपालका सह–निर्देशक ब्रम्हाकुमारी कमला दिदीको अध्यक्षता, लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तिको प्रमुख आतिथ्यता तथा प्रदेशसभा सदस्य जाल्पा भुसाल, अष्ट्रेलियानका प्रोफेसर तथा मोटिभेटर बबल्ज डा.के.वी. गुरुङको विशिष्ट आतिथ्यता, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दुर्गा सुवेदीको आतिथ्यतामा कार्यक्रम भएको हो । राजयोगी तथा योग–ध्यान प्रशिक्षक ऋषिराम न्यौपानेको स्वागत मन्तव्य तथा ब्रम्हकुमार भरत पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*