बुद्धनगरी तौहिलवाको भिक्षु चोकमा नमुना चौमुखे गेट निर्माण हुदै
कपिलवस्तु । हुलाकी बाटो बिस्तारको क्रममा तौलिहवा स्थित प्रशासन चोक नजिकै रहेको बिक्रम संम्बत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएको बेला तौलिहवाको भिक्षु चोकमा नमुना चौमु्खे गेट निर्माण हुने भएको छ । चार कुनामा चार वटा पिलर भएको सेमी सरकुलर मोडेलको गेट निर्माण हुने भएको हो । करिब ८३ लाख लागतको नुमना गेटको निर्माणकालागि एमके मंगलदीप जेभी काठमाण्डौसंग निर्माणका लागि संझौता भई सकेको मेयर किरण सिंहले बताए ।
हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काने कुरा थाहा पाए पछि आफुले २ बर्ष देखि नै भिक्षुचोकमा नमुना गेट निर्माणका लागि प्रकृया थालेको उनले बताए । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटर सम्म हुने नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले बताए । डिजाई बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउ देखाउने एलआइडी प्यानल समेत हुनेछ । चारै तिर कम्योजीट प्यानल र ट्रस्टको कम्पोजिशनमा गेट निर्माण हुने ईन्जीनीयर सैनीले बताए ।
गेट २०७९ साउन ९ गते निर्माण संपन्न हुने योजना छ । वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले नमुना गेट निर्मााणभए पछि तौलिहवा बजारको समेत चिनारी फेरिने बताए । ‘ चौमुखे नमुना गेटको निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिन्छ ’ उनले भने । यस्तै नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले सुन्दर र नमुना गेटले तौलिहवा बजारको शान र सुन्दरता थप्ने बताए । ‘ निर्माण हुने गेट अब तौलिहवा बजार कै शानको रुपमा रहनेछ ’ उनले भने । ठेकेदार कम्पनीलाई समय मै काम संपन्न गर्न कडा निर्देशन दिइएको मेयर सिंहले बताए ।





















