संसदबाट एमसीसी फिर्ता गर्न स्वतन्त्र नागरिक समूहको आग्रह
बुटवल । स्वतन्त्र नागरिक समूह नेपालले संसदबाट पास भएको एमसीसीले नेपालको स्वाभिमान र अस्मितामाथि आंच पुराएको बताएको छ । स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्रे र महासचिव टोपबहादुर केसीले बिहीबार एक विज्ञप्ती निकाली एमसीसी परियोजना नेपालको हितमा नभएकाले बुद्दिमता पूर्वक विवेक पुराएर संसदबाट फिर्ता गरी रद्द गर्नुपर्ने बताएका छन् ।
संसदबाट पास गरिएको एमसीसी सम्झौता स्वतन्त्र नागरिक समूहले खारेज गर्न दवाव दिदै आएकाले यो सम्झौता खारेज गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
देशभक्तिपूर्ण सुझावलाई आत्मसाथ गरिएन भने राज्य व्यवस्था नै परिवर्तनका लागि निरन्तर महान बहस र संघर्ष गर्ने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
अन्ध राजनीतिक नेतृत्वले बिदेशीसंग भिख मागी देश, जनताको सर्वोच्चता गिराउने अति घृणित र निन्दनीय कामले नेपालीलाई दास बनाउने काम भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आपसी भाइचारा अभिवृद्दि गर्दै हाम्रो श्रोत, साधनको समूचित प्रयोग गरी हामी सम्वृद्दितर्फ लाग्नु पर्नेमा , हाल सरकारले संसदबाट पास गरेको एमसीसी परियोजनाले हाम्रो स्वाभिमान र अस्मितामाथि प्रहर गरेकाले यो सम्झौता गलत भएकाले खारेज गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।





















