एफइसी सहकारीद्वारा स्वर्गीय भुसालको परिवारलाई सहयोग

खबरपथ संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार ११:४९

तिलोत्तमा । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य बाबुराम भुसालको निधन भएकोमा उनको परिवारलाई शोक अनुदान प्रदान गरेको छ । सहकारीका शेयर सदस्य तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी निबासी भुसालको यही फागुन ११ गते निधन भएको थियो ।
सहकारीले भुसालको घरमै पुगेर स्वर्गीय भुसालको परिवारलाई शोक अनुदान रकम प्रदान गरेको हो ।
राहत स्वरुप सहकारीले संस्थाको शेयर सदस्य कल्याणकारी कोषबाट एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय भुसालका बुबा पशुपति लम्साललाई चेक हस्तान्तरण हस्तान्तरण गरेका थिए ।
शोक अनुदान रकम प्रदानका अवसरमा संस्थाका सल्लाहकार, कार्यसमितिलगायतको उपस्थित थियो । त्यस अवसरमा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सहकारीको बारेमा प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*