सिद्धार्थ ग्याँसका जिर्ण सिलिण्डर नष्ट
बुटवल । सिद्धार्थ ग्याँस उद्योग प्रालिले कम्पनीका जिर्ण सिलिण्डर नष्ट गरेको छ । कम्पनीले रुपन्देहीको मधवलिया र धादिङ्को नौबिसेमा रहेका प्लाण्टमा नियमित हाईड्रो स्ट्याटिक टेष्टका क्रममा बजार पठाउन अनफिट भएका ९०१ थान सिडिन्टर नष्ट गरिएको व्यवस्थापक सुशिल नेपालले जानकारी गराउनुभयो ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलका वरिष्ठ निरीक्षक शम्भु कुमार झा, निरीक्षक दिपेन्द्र रोकाहा, निरीक्षक रमेश प्रसाद पाण्डे, नेपाल आयल निगम लि. प्रदेश कार्यालय भलवारीका उपप्रवन्धक रमेश ज्ञवाली, शिवहरी कोईरालाको रोहवरमा सिलिण्डरको विच भन्दा तलको भागबाट काटेर पुनः प्रयोगमा नआउने गरि नष्ट गरिएको उहाँले जानकारी गराउनु भयो ।





















