स्केट पार्क तथा सामुदायिक केन्द्रको उद्घाटन
बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारीक रुपमा सञ्चालनमा आएको छ । शनिबार एक समारोहका विच लुम्बिनी प्रदेशका प्रदेश प्रमुुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारीक रुपमा सञ्चालन शुरु भएको हो ।

तिलोत्तमा नगरपालिका वडा न. ४ डिङगरनगर स्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क तथा सामुदायिक केन्द्रको शिलालेखको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुुदेव घिमिरे र स्टेक एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका छन ।
स्केट पार्क उद्घाटन भएसँगै नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ । तिलोत्तमा नगरपालिकासँग अनुमती लिएर करिव १० कठ्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उदेश्यले स्केट एड नेपालले पार्क निर्माण गरेको हो । पहिलो चरणमा स्केट पार्क तयार पारिएको हो । गुरुयोजना अनुसार तेस्रो चरणसम्मको योजना सम्पन्न हुँदा स्केट पार्क दक्षिण एसियाकै नमूूना हुनेछ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले खेल क्षेत्रले सबैलाई एकताबद्ध बनाउने भएकाले यसको विकासमा तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने बताए । उनले स्केट पार्क निर्माण हुनुु नेपाली र लुम्बिनीबासीका लागि गर्वको बिषय बनेको बताए । उनले स्केट खेल क्षेत्रमा पार्कले महत्वपूर्ण योगदान गर्ने बताउँदै भौतिक रुपमा पूर्वाधार विकासमा सबैले ध्यान दिनुपर्ने बताए । ‘आफ्ना बच्चाहरु खेलप्रति आर्कषित हुँदा बुवाआमा चिन्तित हुनुु हुन्न, खेलबाटै विश्वमा पहिचान बनाउन सकिन्छ’ प्रदेश प्रमुख शेरचनले भने ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूूर्वमन्त्री एंव प्रदेशसभा सदस्य लिला गिरीले तिलोत्तमा नयाँ खेलको विकासका लागि स्टेक पार्क बनेकोले यसको थप भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने बताए । उनले आफ्नै निर्वाचन क्षेत्रमा भएको स्केट पार्कले नयाँ पुुस्तालाई आर्कषित गर्न प्रोत्साहन गर्ने विश्वास लिए।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए । उनले स्केट पार्ककको प्रस्ताव ल्याउदा शुरुमा विश्वास नलागेर धेरैपटकको छलफल गरिएको बताउँदै अहिले मुर्त रुप पाउदा खुशी लागेको बताए । तिलोत्तमा नगरपालिकाले तिनाउ नदी छेउका खाली जग्गामा नमूूना खालका योजनाहरु सञ्चालन गरेकाले पार्क वरिपरि अन्य नयाँ संरचना समेत छिट्टै बन्ने नगरप्रमुख घिमिरेको भनाई छ ।
उक्त अवसरमा स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटम्यानले स्केट पार्कले नेपाली युवाहरुलाई आर्कषित गर्न सफल हुने बताए । उनले स्केट बोर्ड आफैमा साहसी खेल भएकाले यसबाट बालबालिकाहरुले लाभ लिने विश्वास गरे ।
स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रुपमा प्रशिक्षण र खेल प्रतियोगिताहरु समेत गर्न सकिने स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिहरुले स्वयसेविक रुपमा निर्माण सम्पन्न भएको पहाडीले बताए । स्केट एड इन्टरनेशनल, स्केट एड नेपाल र युवा फर चेञ्जले संयुुक्त रुपमा पार्क निर्माणमा जुटेका हुन।
पार्कको उद्घाटनमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरी, संविधानसभा सदस्य विनोद पहाडी, नगरपालिकाका प्रवक्ता सु्रेन्द्र श्री, प्रमुख प्रशाकीय अधिकृत जीवन ज्ञवाली, स्केट एडका अन्र्तराष्ट्रिय निर्देशक एंव स्केट खेलाडी ग्याविरियल रोमा सन्तोष, स्केड एडका प्रबन्ध निर्देशक टोबियस, स्केड एडका मार्केटिङ माईक, तिलोत्तमा वडा न. ४ का कार्यवाहक अध्यक्ष मानकाजी श्रेष्ठ, तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, पत्रकार, टोल विकास समितिका प्रतिनिधि र खेलाडीहरुको सहभागिता थियो ।





















