सुनको मूल्यमा भारी बृद्धि,प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

खबरपथ संवाददाता
२५ फाल्गुन २०७८, बुधबार १४:२१

काठमाडौं । नेपालमा सुनचाँदीको मूल्यमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको हो । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*