आज तराईमा होली मनाइँदै

खबरपथ संवाददाता
४ चैत्र २०७८, शुक्रबार १०:४२

काठमाडौँ । आज तराईमा होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन रहेको छ । होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चीर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ । तराईका जिल्लाहरुमा आज रंगअवीर दलेर शुभकामना साटासाट गर्दै, नाचगान गर्दे होली पर्व मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होली सम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ । हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखे पछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्ती अनुसार पनि होली पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*